Search
Close this search box.

लागुऔषधसहित हेटौंडाबाट ३ जना पक्राउ

हेटौंडा- मकवानपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा -७ घर भई हाल नेपालचोक स्थित डेरा गरी बस्ने वर्ष ३४ को दिनेश गोले, हेटौंडा-१० बस्ने वर्ष २८ को निरोज लामा र वर्ष ३३ को महमद रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार लागुऔषध कारोबार भईरहेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

रितपुर्वक शरीर तथा कोठा समेतको खानतलासी गर्ने क्रममा निजहरुले लुकाई छिपाई राखिएको अवस्थामा २ ग्राम ५० मिलि ग्राम लागूऔषध खैरो हेरोईन र ११ बोतल लागूऔषध फेला परेको थियो।

उक्त लागूऔषध बरामद गरी निजहरु दिनेश गोले, निरोज लामा र महमद मियाँलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध खैरो हेरोईन समेत मुद्धामा ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan