हेटौंडा । आइतबार दिउँसो परेको चट्याङ लागि मकवानपुरको मनहरी गाउँपालिकामा एकजनाको मृत्यु भएको छभने दुईजना घाईते भएका छन् । मनहरी गाउँपालिका-५ दरदरा बस्ने वर्ष २८ को अबिरल थिङको मृत्यु भएको छ भने५६ को सिंह बहादुर थिङ( मृतकको बुवा) र
मनहरी -५ डिल्लीपुर बस्ने हिरामान गोलेको छोरा वर्ष १० को सौगात गोले (मृतकको सानि आमाको छोरा) घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार,आज दिउँसो ३:४० बजेको समयमा मकवानपुर मनहरी गाउँपालिका-५ बसन्तपुरस्थित राप्तीखोलाको किनारमा आफन्तको घर मनहरी – ५ डिल्लीपुरबाट आफ्नो घर दरदरा तर्फ आउने क्रममा चट्याङ लागी मृत्यु भएको हो।
घाईतेलाई प्रहरी पुग्नुभन्दा पहिलेनै स्थानियहरुले उपचारको लागी चितवन तर्फ पठाएको र मृतक घटनास्थलमानै रहेको जानकारी दिइएको छ।
थप अनुसन्धानका लागि प्रहरी खटिएको प्रहरीले जनाएको छ।
केही प्रतिक्रिया छ कि ?

