दाङ- दाङको लमही नगरपालिका-७ हस्नापुरमा दुइदिने निशुल्क स्वास्थ्य शिविर भएको छ।
लमही नगरपालिका र बिपि चिन्तन प्रतिष्ठानको संयुक्त आयोजनामा भएको शिविरमा करिब एक हजार भन्दा बढीले सेवा लिएको शिविरको कोषाध्यक्ष तथा कार्यक्रम संयोजक ध्रुव पाण्डेले जानकारी दिए। कार्यक्रममा स्थानीय प्रजोल स्मृति अध्ययन केन्द्रको सहयोग रहेको थियो।
चैत २९ र ३० गते भएको शिविरमा विशेषज्ञ चिकित्सकहरु स्त्रीरोग विशेषज्ञ डाक्टर तारा पुन ,वाथ तथा मुटुरोग विशेषज्ञ डाक्टर नरेन्द्र मैनाली , सामान्य चिकित्सा डाक्टर अमृत घिमिरे, रेडियो लोजिस्ट डाक्टर सबिन खनालले शिविरमा स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा भिडियो एक्सरेको पनि सेवा रहेको थियो।
धेरैजसो बिरामी सेक्कल सेल्स एनिमिया,मुटु रोगी,उच्छ रक्तचापका बिरामी र महिलाको पाठ्यघर इन्फेकसनका बिरामी बढी भेटिएको संयोजक पाण्डेले जानकारी दिए।
शिविरमा करिब चार लाख बराबरको निशुल्क औषधि वितरण गरिएको कार्यक्रम संयोजक ध्रुव बहादुर पाण्डेले जानकारी दिए ।
