Search
Close this search box.

हिजो १७ सयले घटेको सुन आज २७ सय बढ्यो

नेपाली बजारमा बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

हिजो १७ सयले तोलामा घटेको सुन आज २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्यमा पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan