कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहललाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान हाते ट्याक्टर र तीस किलो मकैको विउ वितरण गरेको हो ।
विहीबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रुपमा किसानलाई ट्याक्टर प्रदान गरेका हुन् । कैलाश ३ को अम्बाटार कृषक समूहले चार थान ट्याक्टर, ३० किलो मकैको वीउ र दुई थान विद्युतीय घट्ट मिल प्राप्त गरेको समूहका अध्यक्ष विश्व विक्रम मल्लले बताए ।
चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले २ लाख बजेट विनियोजन गरेको र २ लाख रकम कृषकको परेको कृषि शाखाले जनाएको छ । चार वटै ट्याक्टर मिनिटिलर सात एचपी डिजल इन्जिन रहेको छ भने विद्युतीय घट्ट मिल रहेको कृषि तथा पशुविकास शाखाका प्राविधिक सन्दीप कुशहवाले बताए । हस्तान्तरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर रुम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, कृषि तथा पशु विकास शाखाका प्राविधिक र कृषकहरुको उपस्थिती रहेको थियो ।