मकवानपुर । मकवानपुर प्रहरीले ५२ किलो लागूऔषध गांजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका – ६ सुनाचुरी बस्ने वर्ष ५० को बाबुराम मुक्तान रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति ९:३० बजेको समयमा जिल्ला मकवानपुर मनहरी गाउँपालिका- ६ नयाँबस्तीस्थित ब्रमादेवी सामुदायिक बन भित्र रुपाचुरीबाट नयाँबस्ति तर्फ लागुऔषध गाँजाको भारी बोकि पैदल आउँदै गरेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट लागुऔषध गाँजाको भारी बोकी हिडिरहेको अवस्थामा मुक्तानलाई ५२ किलो लागुऔषध गांजासहित फेला पारेको थियो।
उक्त लागूऔषध बरामद गरी निज बाबुराम मुक्तानलाई नियन्त्रणमा लिई लागुऔषध कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

