Search
Close this search box.

राक्सिराङ अस्पतालमै स्वास्थ्य बिमा सेवा

हेटाैंडा- गत फागुन महिनाबाट ओैपचारिक रुपमा सञ्चालनमा आएकाे राक्सिराङ ५ ठाडेचुरीमा रहेकाे राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमाबाट सेवा सुरु गरिएकाे छ । स्वास्थ्य बिमा बाेर्डमा अस्पताल सूचिकृत गराई स्वास्थ्य बिमा गराएका बिरामीलाई अस्पतालबाट सेवा दिन सुरु गरिएकाे हाे ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बिहीबार अस्पतालमा स्वास्थ्य बिमा सेवाकाे उद्घाटन गरेका हुन् । १० शैयाकाे राक्सिराङ आधारभूत अस्पताललाई पहिलाे सेवा केन्द्र बनाएर हाल २ सय जनाले स्वास्थ्य बिमा गराइसकेका छन् । गाउँपालिकाले ९ वटा वडाका प्रति वडा सय जनाका दरले यसै आर्थिक वर्षमा ९ सय जनाकाे निशुल्क स्वास्थ्य बिमा गराउँदै गरेकाे बताउँदै अध्यक्ष मल्लले आगामी वर्षदेखि अस्पतालमा प्रथम सेवा केन्द्र बनाई सेवा लिनेकाे संख्या बढ्ने बताए । मनहरी तथा हेटाैंडा र चितवनकाे निजी अस्पतालमा महङ्गाे शुल्क तिरेर सेवा लिनुभन्दा गाउँकै अस्पतालमा उपलब्ध सेवा उपभाेग गर्न उनले गाउँबासीमा अनुराेधसमेत गरे ।


राक्सिराङ आधारभूत अस्पतालमा भिडियाे एक्सरे, प्रसुति सेवाका साथ ल्याब परीक्षण सेवासमेत सञ्चालन भइरहेकाे छ । अस्पतालले बिहीबारबाटै चाैबिसै घण्टा इमर्जेन्सी सेवासमेत दिन सुरु गरेकाे छ ।

अस्पतालमा प्रयाेगशालातर्फ लिभर फङ्सन टेस्ट, सुगर, युरिक एसिड, एलएफटी, आरएफटी, लिपिट प्राेफाइल, युरिनारी, स्टुलारी, ब्लड ग्रुपिङलगायतका सेवा उपलब्ध रहेकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए । अस्पतालमा हाल दैनिक करिब ५० जनाले सेवा लिइरहेकाे उनले बताए ।
अस्पतालमा हाल एक जना एमबिबिएस डाक्टरसहित १२ जनाले सेवा प्रदान गरिरहेका छन् । अस्पतालमा डाक्टरसहित एक जना सिनियर अहेब, २ जना अहेब, ३ जना अनमी, एकजना ल्याब असिस्टेन्ट, ३ जना कार्यालय सहयाेगी र एक जना एम्बुलेन्स चालक कार्यरत छन् । अस्पतालले एम्बुलेन्स सेवासमेत दिइरहेकाे छ ।
स्वास्थ्य बिमा सेवा उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेत, राक्सिराङ ५ का वडाध्यक्ष एवम् अस्पतालकाे जग्गादाता हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan