Search
Close this search box.

अब राक्सिराङमै खानेपानी गुणस्तर परीक्षण प्रयाेगशाला

हेटाैंडा- मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा पनि खानेपानीकाे गुणस्तर परीक्षण प्रयाेगशाला स्थापना भएकाे छ । विकट गाउँका खानेपानीकाे मुहान तथा धाराकाे पानीकाे गुणस्तर जाँच गरी स्थानीयकाे स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले प्रयाेगशाला सञ्चालनमा ल्याइएकाे हाे ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ ५ ठाडेचुरीमा रहेकाे प्रयाेगशालाकाे उद्घाटन गरेका हुन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) मार्फत welt hungerhilfe काे सहयाेगमा प्रयाेगशाला स्थापाा गरिएकाे हाे । १२ लाख रुपैयाँ लागतमा स्थापित प्रयाेगशालामा खानेपानीका विभिन्न ११ प्रकारका परीक्षण गरिने जनाइएकाे छ ।

प्रयाेगशालामा खााेपानीमा आइरन, क्लाेराइड, फस्फाेरेट, काेलिफर्मलगायतकाे मात्राकाे परीक्षण हुनेछ । हेटाैंडा र चितवनमा महङ्गाे शुल्कमा खानेपानी परीक्षण गर्नुपर्ने बाध्यता हटेकाे बताउँदै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकाले निर्णय गरी सुलभ परीक्षण शुल्क निर्धारण गरिने बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan