हेटाैंडा-मकवानपुरको कैलाश गाउँपालिकामा कृषकलाई हाते ट्याक्टर र उन्नत जातको मकैको बिउ वितरण गरिएको छ।
गाउँपालिकाले बिहीबार पालिकामा अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले कृषक समूहललाई हाते ट्याक्टर र मकैको बिउ विवरण गरेका हुन् ।
गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान हाते ट्याक्टर र तीस किलो मकैको विउ विवरण गरेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् । पालिकाले कैलाश ३ को अम्बाटार कृषक समूहलाई चार थान ट्याक्टर, ३० किलो मकैको वीउ र दुई थान विद्युतीय घट्ट मिल प्रदान गरेको समूहका अध्यक्ष विश्व विक्रम मल्लले बताएका छन्।
चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले २ लाख बजेट विनियोजन गरेको र २ लाख रकम कृषकको परेको कृषि शाखाले जनाएको छ । चार वटै ट्याक्टर मिनिटिलर सात एचपी डिजल इन्जिन रहेको छ भने विद्युतीय घट्ट मिल रहेको कृषि तथा पशुविकास शाखाका प्राविधिक सन्दीप कुशहवाले बताएका छन् । हस्तान्तरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, कृषि तथा पशु विकास शाखाका प्राविधिक र कृषकहरुको उपस्थिती रहेको थियो ।