हेटौंडा- हेटौंडाको मुख्य राप्तीरोड तनावग्रस्त बनेकाे छ ।
हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड गरेको भन्दै बिहिवार प्रहरीले ६ जनालाई पक्राउ गरेपछि युवाहरुले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
पक्राउ पर्नेमा सफल अधिकारी , राजकुमार घिमिरे
अस्मित अधिकारी ,सुनिल गिरी, विशाल राज महत
समुन्द्र दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरका सिडिओ फिर्ता पठाउनुपर्ने भन्दै युवाहरुले सडकमा बिरोध प्रदर्शन गरेका हुन् ।
रोडमा ६ एक घण्टा आगो बालेर बिरोध प्रदर्शन गरेका थिए। अभद्र व्यवहार गरेकाे आराेपमा पक्राउ परेका ६ जनालाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप लिइएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बिहान हेटौंडा अस्पताल परिसरको बोर्ड तोडफोड गरेकाे भन्दै भर्त्सना गरेको थियो ।
हेटौंडा अस्पतालबाट मदन भण्डारीको नाम मेटाउने युवाहरु हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान लामो समय देखि चलाउँदै आएको थियो ।
पक्राउ परेका विशाल राज महत अभियानका संयोजक समेत रहेका छन् ।

