हेटौंडा । हेटौंडामा बालश्रममा लगाइएका बालकहरुको उद्घार गरिएको छ । हेटौंडा–५ र ४ नम्बर वडाका विभिन्न ग्यारेजबाट ६ जनाको उद्घार गरिएको हो । ५ जना ग्यारेज र एक बालक मिनरल वाटर उद्योगबाट उद्धार गरिएको हो ।
हेटौंडा–५, शान्तिनगरबाट अमृत लजको पानी बेच्ने उमेर नखुलेको बालक, हेटौंडा–४ रजत जयन्तीस्थित रक्सौल घर भएका कृष्ण मोटर वर्कसपबाट उमेर नखुलेका बालक, मोतिहारी रक्सौल घर भएर हेटौंडा–५ स्थित पिप्लेमा रहेको मोटर साइकल ग्यारेजमा काम गर्ने उमेर नखुलेका बालक, हेटौंडा–४ सितलमहल चोक पशुपति इलेन्ट्रिक पसल, हेटौंडा–४ थाहा चोकबाट उनीहरुको उद्धार गरिएको हो ।
बाल हेल्पलाइन प्रमुख झबिन्द्र ज्ञवालीले भने –बालबालिकाको उमेर र परिपक्वताअनुसार त्यसलाई उचित मान्यता दिइ समाजको एक अभिन्न अंग मानी समाज विकासका विभिन्न चरणमा बालबालिकासंग सम्बन्धित विषयहरुमा उनीहरुलाई सहभागी गराइनुपर्दछ।
उद्धारमा उनीसहित ५ नम्बर वडाध्यक्ष सुशील घिमिरे, ४ नम्बर वडा सदस्य एवम् सम्पर्क व्यक्ति गीता त्रिपाठी, श्रम कार्यालय मकवानपुर प्रमुख रुद्रनारायण शाह, रेनु तामाङ, महिला तथा बालबालिका तथा समावेशीकरण शाखाकी बिना थिङ, मन्दिरा थापा, प्रहरी सहायक निरीक्षक सञ्जीवकुमार शाह र नगर प्रहरीलगायतले उद्धार गरेका हुन् ।