Search
Close this search box.

हेटौंडा अस्पतालबाट मदन भण्डारीको नाम मेटाएकाे भन्दै पक्राउ परेका युवाहरू रिहा

हेटौंडा । हेटौंडा अस्पतालबाट मदन भण्डारीको नाम मेटाएको भन्दै पक्राउ परेका युवाहरू रिहा भएका छन् ।

शुक्रबार सिडिओ कार्यालय जाने चोकमा युवाहरुले लामो समय नाराबाजी गरेपछि पक्राउ परेका ६ जना युवाहरूलाई छोडिएको हो । चैत ३१ गते हेटौंडा अस्पतालको बोर्डबाट मदन भण्डारीको नाम मेटाएको भन्दै ६ जना युवकलाई बिहिवार पक्राउ गरिएको थियो ।

सफल अधिकारी, राजकुमार घिमिरे, अस्मित अधिकारी, सुनिल गिरि, विशाल राज महत र समुन्द्र दाहाल पक्राउ परेका थिए ।

अभद्र व्यवहारमा पक्राउ परेका ६ जनालाई अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप लिइएको थियो । युवाहरु पक्राउ परेपछि सिडिओको चर्को आलोचना भएकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan