Search
Close this search box.

निष्प्रभावी ‘साइकल लेन’ सुरु भयो ‘साइकलयात्रा’


हेटौंडा/पछिल्लो समय हेटौंडामा साइकल प्रयोगको क्रम बढ्दै गएको र साइकल प्रयोगलाई स“स्कृतिकै रुपमा विकसित गर्न मुख्य राजमार्ग क्षेत्रमा ॅसाइकल लेन’ निर्माण गरी आगामी दिनमा नगरका सडकहरुलाई ॅसाइकलमैत्री’ बनाउने चाहना राखेर बनाइएका साइकल लेन निष्प्रभावी बनेको सन्दर्भमा हेटौंडा–सौराहासम्मको २ दिने साइकलयात्रा हेटौंडाबाट सुरु भएको छ । हेटौंडा–सौराहा साइकलयात्रा हेटौंडा–१०, बुद्धचोकबाट शुक्रबार विहान ८ बजे सुरु भएको हो ।
बागमती प्रदेशको पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा तथा साइकल सिटी मकवानपुरको समन्वयमा साइकलयात्रा गरिएको हो । हेटौंडा साइकल सिटी अध्यक्ष लेखनाथ ढकालको सभाध्यक्षता तथा बागमती प्रदेशका पर्यटन मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन भएको हो ।
हेटौंडा–सौराहा साइकलयात्रा कार्यक्रमका लागि बागमती प्रदेश सरकारका साथै स्थानीय सरकारहरुको पनि सहयोग छ । बुद्धचोकदेखि मकवानपुर उद्योग वाणिज्य संघ, बनस्खण्डी, भुटनदेवी मन्दिर हु“दै सौराहायात्रा तय भएको छ ।
१८ वर्ष भन्दा बढी उमेर समूहका साइकलयात्री रहेको यात्रामा ५ सय ६१ जना साइकलयात्रीको सहभागिता रहेको कार्यक्रम सहसंयोजक केबल बानिया“ले बताए । सौराहा भ्रमण गरी शनिबार कार्यक्रम समापन हुनेछ । हेटौंडा–सौराहा साइकलयात्रमा २५ लाख खर्च अनुमान रहेको कार्यक्रममा ५० भन्दा बढी जिल्लाका राइडर सहभागी रहेको जानकारी दिइएको छ । हेटौंडा उपमहानगरपालिकादेखि चितवन जिल्लासम्मको ७५ किलोमिटर दुरीमा सहभागीहरुले राइड गर्नेछन् ।
कार्यक्रममा मन्त्रालय सचिव दीपेन्द्र सुबेदी, प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव दीपक लामा, मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख विश्वराज खड्का, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाट र पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता थियो ।
हेटौंडा बजारको पार्किङ समस्या ज्यु“कात्यु“ छ । सडक उस्तै, उत्रै छ । सडकमा गुड्ने सवारीबाहेक हेटौंडा बजार क्षेत्रमा सडक बढ्न र विकास हुन सकेको छैन । दिनहु“ बढ्दो सवारी चापले अस्तव्यस्त बनाएको हेटौडाका सडकमा बनेको हरियो पाटामा सेतो साइकलको चित्रले राम्रो त देखिएको छ । तर, यसको अर्थ के भन्ने बुझ्न कठिन छ ।
साइकललेनमा पार्किङ गरेर राखिएका मोटरसाइकल, अटो, ट्याम्पोलगायत सवारीले साइकलको चित्रण गरेर बनाइएको उक्त लेनको अस्तित्व नै खलल बनाएको त छ नै, त्यसमा पनि उपमहानगरपालिकाको बजेट बालुवामा पानीजस्तै भएको भन्दै स्थानीय सरकारस“ग हेटौंडाका नागरिकले आक्रोश पोख्न थालेका छन् । सामाजिकसञ्जालमा साइकल लेनको चर्चा/परिचर्चा भए ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाइयो । हेटौंडा उपमहानगरस“गको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण गरेको हो । हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकदेखि पूर्वपश्चिम, उत्तरदक्षिण चारैतर्फ साइकल लेन निर्माण गरिएको छ । ४ सय २ वर्ग मिटरबराबर करिब ५६ वटा साइकल लेन बुझाउने संकेत चित्र तयार पार्ने काम काम सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएका हुन् । उक्त साइकल लेन ॅबा“दरको पुच्छर लौरो न हतियार’ भनेझैं भएको भन्दै स्थानीयले आलोचना गरिरहेका छन् । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडाको सडकछेउमा बनाइएको साइकल लेनको चर्चा छ ।
स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगर मेयर नवनिर्वाचित मीनाकुमारी लामाले सुरु गरेको ॅनया“ अभ्यास’ चर्चाको विषय बनेको हो । ॅग्रीन एण्ड क्लिन सिटी’ हेटौंडामा साइकल लेनले हेटौंडाका सडकलाई थप आकर्षक बनाउनुका साथै साइकल चलाउनसमेत सही गन्तव्यका रुपमा हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाउन सुरु गरिएको थियो । करिब ३ किलोमिटर सडकको दाया“बाया“ साइकल लेनको रेखांकन गरियो । लगभग २ देखि ३ दिनबीच सडकछेऊमा तयार भएको साइकल लेनको उपयोग भन्दा पनि दुरुपयोगमा आएको भन्दै स्थानीयले आरोप लगाएका छन् ।
हेटौंडा उपमहानगरपालिकाले सा“घुरो सडकमा साइकल लेन बनाएपछि सामाजिकसञ्जालमा व्यापक विरोध भयो । साइकल लेन आवश्यक छ तर सा“घुरो सडकमै साइकल लेन बनाउनु उपयुक्त नभएको सर्वसाधारण बताउ“छन् । स्थानीय सरकारले काम देखाउन बिनाअध्ययन सा“घुरा सडकमा साइकल लेन बनाए पनि कार्यान्वयनमा ध्यान नदि“दा समस्या बढेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा साइकल लेनमा निर्धक्क सवारी पार्किङ हु“दा पनि स्थानीय सरकार मौन छ ।
झट्ट हेर्दा पार्किङजस्तो देखिने दृष्य हेटौंडाको मुख्य चोकको साइकल लेन हो । यसै त सा“घुरो सडक, त्यसमाथि तीनपांग्रे सवारीको बढ्दो चापबीच उपमहानगरपालिकाले सडकमा साइकल लेन बनाएको छ । तर, उक्त लेन साइकल चलाउनभन्दा बढी पार्किङका लागि प्रयोग भएको छ । एसियन हाइवेअन्तर्गत् सडक २५/२५ मिटर दाया“बाया“ विस्तार हुनुपर्ने हो । तर, राजनीतिक दबाब र अदालतमा अड्किएका मुद्धाका कारण सडक विस्तार हुन सकेको छैन । यही सा“घुरो सडकमा उपमहानगरपालिकाले साइकल लेन बनाए पनि व्यवस्थापनमा ध्यान नदि“दा उक्त लेन ॅपार्किङ’ बनेको छ ।
पार्किङ क्षेत्र व्यवस्थित नहु“दा चालकहरु सडककिनारमा सवारी पार्किङ गर्न बाध्य छन् । पार्किङका लागि वैकल्पिक उपाय खोज्न नसकेको उपमहानगरले साइकल लेनका नाममा अर्थहीन ठाउ“मा बजेट खेर फाल्दा यसको उपलब्धि देखिन सकेको छैन । सडकमा विभागले नै औचित्यको आधारमा साइकल लेन निर्माण गर्नुपर्ने हो तर विभागबाट अनुमति नलिइ लेन निर्माण गरिएको छ ।
पूर्वमेयर हरिबहादुर महतको पालामा पार्किङ समस्या समाधानलाई उपमहानगरले प्राथमिकता दिन खोजे पनि दीर्घकालिन योजना नबनी उनको कार्यकाल सकियो । उपमहानगरको वर्तमान नेतृत्व पनि हचुवाको भरमा बजेट सक्ने बाटोमा देखि“दा सडक व्यवस्थापन भन्दा पनि सरकारी रकम बालुवामा पानी हाले सरह भइरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan