Search
Close this search box.

शिव महापुराणबाट ५६ लाख ८९ हजार संकलन, रंगशालालाई २ लाख ५१ हजार सहयोग


हेटौंडा- राधा फाउन्डेसनले वैशाख २ गतेदेखि १३ गतेसम्म हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा गरेको शिव महापुराणमा ५६ लाख ८९ हजार ८ सय २२ रुपैयाँ संकलन भएको छ । झापाको कन्काइ–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाका लागि सञ्चालक राधा फाउन्डेसन तथा पुराण आयोजक समितिको आयोजनामा भएको महापुराणमा उक्त रकम संकलन भएको हो।

उक्त रकमबाट ३४ लाख २७ हजार १ सय ७१ नगद संकलन भएको र २२ लाख ६२ हजार ७ सय २२ रुपैयाँ उठ्न बाकी रहेको भागवत् कथावाचिका राधिका दासीले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइन् ।
कार्यक्रम सम्पन्न गर्न ४० लाख ८२ हजार खर्च जानकारी दिइएको छ।

कार्यक्रममा मातातिर्थ औंसिको अवसरमा हेटौंडाका एक सय आमाहरुलाई  नगदसहित सम्मान गरिएको उनले जानकारी दिइन् ।

 संकलन रकमबाट रंगशालालाई २ लाख ५१ हजार सहयोग आएको  वडाध्यक्ष  तथा कार्यक्रम संयोजक सुशील घिमिरेले जानकारी दिए । 

राधिका फाउन्डेसनको आफ्‌नै भवन नभएको अवस्थामा झापाको कन्काइमा घर भाडामा लिइ १५ बालबालिका अंग्रेजी माध्यममा अध्यापन गराइरहेको छ भने ३५ बालबालिका काठमाडौंका विभिन्न विद्यालयमा आवासीयरुपमा रहेको जानकारी दिइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan