Search
Close this search box.

महिला गोल्डकप फुटबल हुँदै


हेटौंडा । सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता बैशाख १९ गतेदेखि हुने भएको छ ।मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं संस्करणबाट प्रतियोगिताको ढाचा परिवर्तन गरी महिलाको फुटबल खेलसिप प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीयसहित ८ वटा क्लबको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा एपीएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मीका साथै रौतहट महिला टिम, चितवन जिल्ला महिला टिमको सहभागिता रहनेछ । अन्य क्लबमा रिगल हेटौंडा रिसोर्ट एन्फा, वीरगञ्ज युथ एकेडेमी र नवजनजागृति युवा क्लब सिमरा छन् ।
प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ तर्फबाट स्कुटर पुरस्कार छ ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाले तीन–तीन लाख आर्थिक सहयोग गरेका छन् । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ ।

शिवम् सिमेन्ट लिमिटेड, लिसन फार्मेसी चौघडा, रिगल हेटौंडा रिसोर्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र वीमा साझेदार एनएलजी इन्सुरेन्सको सहयोग छ।

स्थानीय पर्यटन प्रवद्र्धन, महिला सशक्तीकरण तथा राष्ट्रिय खेलकुदको विकासमा टेवा पुर्‍याउने विश्वाससाथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan