Search
Close this search box.

गण्डकी समाज मकवानपुरको भित्तेपात्रो अनावरण


मकवानपुर । गण्डकी समाज मकवानपुरले नयाँ वर्ष २०८२ को शुभकामना तथा भित्तेपात्रो अनावरण गरेको छ। शुक्रबार समाजले एक कार्यक्रमको बीच शुभकामना आदानप्रदान गर्दै भित्तेपात्रो अनावरण गरेको हो।

वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष महेन्द्र राउतको सभाध्यक्षता रहेको कार्यक्रममा बागमती प्रदेश एसएसपी सन्जय थिङ थापाको प्रमुख आतिथ्यता थियो।

विभिन्न कामको शिलशिलामा गण्डकी प्रदेशको ११ जिल्लाबाट मकवानपुर आउनेलाई एकजुट गराउने उद्देश्यले उक्त गण्डकी समाजको स्थापना गरिएको तीन वर्ष अगाडि स्थापना गरिएको कार्यवाहक अध्यक्ष राउतले जानकारी दिए।समाजले विभिन्न समाज सेवाका कामहरु पनि गर्दै जाने उनले बताए ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिं रानाभाट, हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका समावेशीकरण शाखा प्रमुख विष्णु कुमारी लामिछाने,महासचिव डा गोपिराम बन्जरा, सचीव प्रेम अधिकारी, महिला उपाध्यक्ष हरिमाया ढकाल, सल्लाहकारहरु रघुरमण न्यौपाने, शिरिचन्द्र न्यौपाने, विष्णु न्यौपाने, लिला आचार्यलगायत सदस्यहरुको उपस्थिति थियो।

करिव पाँच सय सदस्य भइसकेको समाजले लोक संस्कृति झल्काउने कार्यक्रमहरु गर्दै जानुको साथै गण्डकी पार्क स्थापना गर्ने योजनाको साथ अगाडी बढेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan