भिरबाट लडेर एकजनाको मृत्यु
मकवानपुर । मकवानपुरको इन्द्रसरोवरमा भिरबाट लडी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका-१ दलसंह बस्ने वर्ष ६० को रबिमाया भमजन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार मंगलबार सामान किन्न पसल गएकोमा बिहान सम्म पनि घरमा नआएको भनि गाउँलेहरुले खोज तलास गर्दै जादा इन्द्रसरोवर गाउँपालिका- १ दलसंह स्थित भिरखर्कको बाटोबाट अन्दाजी ३०० मिटर तल लडेर मृत अवस्थामा फेला परेको हो।
पालुङ मकवानपुरबाट प्रहरी टोली खटी गएको र मृतकको शव निकाल्ने पहल भईरहेको जानकारी दिइएको छ।
केही प्रतिक्रिया छ कि ?

