हेटौंडा– अपाङ्गता भएका गाउँबासीको जिविकोपार्जनमा सघाउने उद्देश्यले मकवानपुरको कैलाश गाउँपालिकाले माउबाख्रा वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानसहितको उपस्थितिमा बुधबार १८ परिवारलाई बिउपुँजीस्वरुप माउ बाख्र्रा हस्तान्तरण गरिएको हो ।
महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाको अपाङ्गता भएको व्यक्तिको लागि जिविकोपार्जन कार्यक्रम अन्तरगत अपाङ्गता भएकाहरुलाई माउ बाख्रा सहयोग गरिएको हो । महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटाका अनुसार वौद्धिक, मानसिक, शारिरीक तथा बहु अपाङ्गता भएको क वर्गका अपाङ्गतालाई माउ बाख्रा प्रदान गरिएको हो ।
उक्त कार्यक्रम सामाजिक विकास मन्त्रालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र सुन्दर ढोका साथी सेवा संस्थाको २० प्रतिशत साझेदारीमा सञ्चालन भएको हो । सोही कार्यक्रम अन्तरगत २ जनाको स्वास्थ्य सेवा गरेको छ भने २ जनाले टनेल निर्माण गरेको सुन्दर ढोका साथी सेवा परियोजना संयोजक राम कार्कीले बताए । एक जनाले भने किराना पसल गरेको उनले बताएका छन् ।
बाख्रा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

