हेटौंडा । हेटौंडा -७ मा एकल, विपन्न तथा सीमान्तकृत महिलाहरुलाई तीन दिने बाटेको धुप बनाउने तालिम सम्पन्न भएको छ।
मानव अधिकारको लागि महिला एकल महिला समूह ७ नम्बर वडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडाको आर्थिक सहयोगमा
बैशाख २४ गतेदेखि २६ गतेसम्म उक्त तालिम भएको थियो।
मानव अधिकारको लागि महिला एकल महिला समूह ७ नम्बर वडाको अध्यक्ष सनु गोलेको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा -७ वडाअध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता थियो।
वडा भित्र रहेका ३० जना एकल महिलाहरुलाई धुप बनाउने तालिम दिइएको थियो।
तीन दिने तालिम पश्चात् ८ हजार बराबरको धुप बनाएर आम्दानी गर्न सक्ने सामाग्री समेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा बोल्दै एकल महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले तालिमका लागि सहयोग गरिएको वडा अध्यक्ष गौतमले बताए। एकल महिलाहरुको लागि सधैं वडाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
मानव अधिकारको लागि महिला एकल महिला समूह जिल्ला अध्यक्ष शारदा र्चौलागाईं र सचिव कल्पना आचार्यले प्रशिक्षण दिएका थिए।
समापन कार्यक्रममा मानव अधिकारको लागि महिला एकल महिला समूह बागमती प्रदेश अधिकृत अप्सरा अर्याललगायत सहभागीहरुको उपस्थिति थियो।


