हेटौंडा–गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका ८ स्थित ज्यामिेर चौधमाइलमा ट्रक दूर्घटना हुँदा दुइजना घाइते भएका छन् । राति करिब साढे १ बजेको समयमा सर्लाहीबाट काठमाडौँ जाँदै गरेको मधेश प्रदेश ०३ ००२ ख ३२५४ नंं को ईट्टा लोड ट्रक सडकको बाँया साईडमा रहेको बिद्युतको पोलमा ठक्कर खाई पल्टिएको थियो ।
दूर्घटनामा ट्रक चालक रौतहट जिल्ला चन्द्रपुर नगरपालिका २ का ३१ वर्षीय सन्दिप लामा र सर्लाही बागमती गाउँपालिका ८ का ३१ वर्षीय नविनकुमार गरम्जा घाइते भएक हुन् । चालकको टाउको र घाटीमा चोट र ट्रक साहु गरम्जाको बाँया खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबै जनाको मनहरी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
केही प्रतिक्रिया छ कि ?

