हेटौंडा-मकवानपुरको बकैया गाउँपालिका–७ मा हर्दा खहरे बोरिङ सिचार्इं आयोजना उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बोरिङको नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचार्इंमन्त्री श्यामबहादुर खड्काले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
कुल ३६ लाख लागतमा सम्पन्न आयोजनाबाट १५ बिगाहा क्षेत्रफल जमिनमा सिचाई्र सुबिधा उपलब्ध हुने बताइएको छ । उद्घाटन समारोहमा सहमहामन्त्री उपाध्यायले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने विश्वास व्यक्त गरिन् । उनले रासायनिक मलका कारण माटोको उर्वराशक्ति ह्रास हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औंल्याइन् । नेतृ उपाध्यायले अब जैविक मल प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । स्थानीय सरकारले पनि जैविक मलमा अनुदान व्यवस्था गर्नुपर्ने उनले धारणा राखिन् । आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब अनुदान विनियोजन गर्न लागेको उनले जानकारी दिइन् ।
कार्यक्रममा प्रदेशका खानेपानी, ऊर्जा तथा सिचार्इंमन्त्री खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषिक्षेत्रको उत्पादकत्व बढाउनुपर्ने धारणा राखे । बागमती प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, वीउ र सिचार्इंको उचित प्रवन्ध गरेर यहीं रोजगारी सिर्जना गर्न सकिने उनले बताए । उनले तीन तहका सरकारबीच समन्वय गरी विकासनिर्माणका कार्यहरु अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए ।
मन्त्री खड्काले बेतिनीदेखि रक्सिराङसम्मको क्षेत्रमा अझै पनि खानेपानीको चरम अभाव रहेको बताउ“दै निर्वाचित जनप्रतिनिधिहरुले दल भन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने बताए । मन्त्री खड्काले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता पनि औंल्याए । बञ्जर जमिनमा सिचाईं सुबिधा पुगेपछि हर्दा खहरे टोलका किसान खुशी भएका छन् । आकाशे पानीको भरमा वर्षको एकबाली खेती गर्दै आएका किसानहरु वर्षभर खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।
उक्त सिचाईं आयोजनाले १० हर्र्सपावर क्षमताको पम्पमार्फत् ८ लिटर प्रतिसेकेन्ड पानीप्रवाह गर्नसक्ने क्षमता राख्ने भूमिगत् सिचार्इं आयोजना प्रमुख केशब जैसीले बताए । सिचाईं उपभोक्ता समिति अध्यक्ष तोत्रप्रसाद बोलखेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, नेपाली कांग्रेस नेता आनन्दराम पराजुली, पूर्वपालिकाध्यक्ष दामोदर गौतम, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

