Search
Close this search box.

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्यो

सुनको मूल्य शुक्रबार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan