Search
Close this search box.

होमवर्क नगरेको निहुँमा १३ वर्षका विद्यार्थीमाथि निर्घात कुटपिट, अभिभावकले दिए प्रहरीमा उजुरी

हेटौंडा । हेटौंडाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा परिवारले जाहेरी दिएका छन् ।

हेटौंडा-२ स्थित ज्ञानोदय बालबाटिका एकेडेमिमा गणित विषय पढाउने शिक्षक प्रितेश कुमार कलवारले कक्षा-७ मा अध्ययनरत १३ वर्षीय बालकलाई कुटपिट भएको भन्दै परिवारले उजुरी दिएका हुन् ।

घाउm जाँच गराई आवश्यक कारवाही गरी पाउँ भनी उजुरी उनका बुवा हेटौंडा -१५ बस्ने वर्ष ४३ को ईमान सिंघलानले उजुरी दिएका हुन् ।

वैशाख ३१ गते दिउँसो कक्षामा अध्ययन गरिरहेको उक्त एकेडेमीको गणित पढाउने शिक्षक प्रितेश कुमार कलवारले होमवर्क पूरा नभएको विषयलाई लिई कुटपिट, हातपात तथा अभद्र व्यवहार गरी बाहिर लडेको भनी घरमा बताऊ भनी डर, त्रासमा पारी धम्की समेत दिएको भन्दै आइतबार उजुरी परेको छ ।

छोराले घरमा केही नबताएकोमा तत्पश्चात छोरालाई नुहाउनेक्रममा छोराको शरीरको विभिन्न भागमा निलडामदेखि छोरालाई सोधपुछ गर्नेक्रममा छोरा उक्त घटना सम्बन्ध सम्पूर्ण कुरा बताएपछि उजुरी दिएको बुवा सिंघलानले जानकारी दिए ।

छोराको शरीरको विभिन्न भागमा लागेको घाउचोट तथा निलडाम भएको चेकजाँच गराइ प्रितेश कुमार कलवारलाई आवश्यक कारवाही गरी निज विपक्षीबाटै छोराको सम्पूर्ण औषधि उपचार गराई जीउरधनको शान्ती सुरक्षा समेत गरी पाउ भनी उजुरी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षलाई राखी छलफल गर्ने क्रममा पीडित पक्षले घरायसी सल्लाह गर्न समय माग गरेको सिंघलानले जानकारी दिएका छन् ।

सिविन बालहेल्पलाइन तथा प्रदेश बालअधिकार समिती सदस्य प्रबन्धक झविन्द्र ज्ञवालीले बालबालिका माथि यस्तो क्रूर यातना दिन नपाइने बताउँदै यस्तो हिंसा गर्नेलाई कानुन बमोजिम सजय हुनुपर्ने बताए । बालबालबालिका ऎनमा प्रस्टै उल्लेख भएको र हेटौंडा उपमहानगरपालिका बालमैत्री भइसकेको पालिकामा यस्तो यातना दिने शिक्षक विरुद्ध भत्सना गर्दै यो मेलमिलापमा नगएर सजाय नै दिनुपर्नेमा जोड दिए ।

शिक्षक प्रितेश कुमार कलवारले भने विद्यार्थीले होमवर्क नगरेको कारण कुटेको गल्ती स्वीकार्दै आउने दिनमा यस्ता गतिविधि नगर्ने भन्दै एकपटकलाई क्षमा दिन परिवारसंग अनुरोध गरेको बुझिएको छ।

हिमालय टाइम्सबाट साभार

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan