हेटौंडा । हेटौंडाको एक विद्यालयमा असल समाज निर्माणमा विद्यार्थीहरुको भूमिका विषयक एक दिने अभिमुखीकरण कार्यक्रम भएको छ। हेटौंडा -४ स्थित आधुनिक माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम भएको हो।
सामुदायिक विकास संस्था नेपाल मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो।
गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता थियो । कक्षा ७,९,१० का विद्यार्थीका बीच भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम सगार गुरागाइको उपस्थिति थियो।
असल समाजको मुल्य र मान्यताहरु,समाज विध्यमान विभेद तथा विकृतिहरु/ मानव जीवन सहज व्यवस्थित बनाउन प्रविधीको प्रयोग र प्रविधिको दुरुपयोग तथा विधुतिय अपराध सम्बन्धमा आशिष दुलालले सहजीकरण गरेका थिए।
त्यस्तै समाजमा सुव्यवस्था कायन गर्न बनेका नियमहरु त्यसको उलंघन तथा उपचार बारे अनन्त बानियाँ सहजीकरण गरेका थिए ।
असल समाज निर्माणमा विद्यार्थीले खेल्न पर्ने भुमिका विषयमा कार्यक्रमको कार्यकारी निर्देशक रमिला सापकोटा सहजीकरण गरेकी थिइन् ।

