मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।हेटौडा -३ लेवटस्थित भित्री सडकखण्डबाट १३ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ४३ को प्रताप सिं मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार ७:१५ बजेको समयमा जम्बुडांडा तर्फबाट लेवटतर्फ आउँदै गरेको ना.६३ प २५६१ नं. को स्कुटरमा लागुऔषध गांजा ल्याउँदै छ भन्ने प्राप्त सूचनाको आधारमा यस कार्यालयबाट खटिएको हेटौंडा – ३ लेवट स्थित भित्री सडकखण्डमा ना ६३ प २५६१ नं. को स्कुटरलाई रोकी चलक ऐ.ऐ.बस्ने बर्ष ४३ को प्रताप सिं मोक्तानलाई खानतलासी गर्दा स्कुटरको अगाडी खुट्टा राख्ने ठाँउमा जेब्रा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो।
हुंदा उक्त लागुऔषध र स्कुटर बरामद गरी मोक्तानलाई नियन्त्रणमा लिई लागुऔषध गांजा मुद्धा कसुरमा थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।

