Search
Close this search box.

लागुऔषध अनरेक्ससहित तमाङ पक्राउ


हेटौंडा । प्रहरीले लागुऔषध अनरेक्स १ सय ३१ बोतलसहित एकजनालाई पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका –१०, बसपार्कस्थित एक घरमा डेरा लिएर बसेका विकास तामाङले डेरामा लुकाइछिपाइ राखेको लागुऔषधसहित पक्राउ गरेको हो । मंगलबार विहान करिब पौने १० बजे पक्राउ हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई डेराकोठामा फेला पारेर खानतलासी गर्ने क्रममा दराजभित्र झोलामा लुकाइराखेको अवस्थामा लागुऔषध अनरेक्स १ सय ३१ बोतल फेला परेको हो ।

उक्त लागुऔषध बरामद गरी तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागुऔषध मुद्धामा ५ दिन म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan