Search
Close this search box.

भिमफेदीमा खोलामा डुबेर हगंजबेगुको मृत्यु


मकवानपुर । मकवानपुरको भिमफेदीमा खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका – ८ कोगटेस्थित कोगटे खोलामा पौडी खेल्न क्रममा काठमाण्डौ महानगरपालिका – १२ लाजिम्पाट बस्ने वर्ष १७ को नामसोज हगंजबेगुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार, मंगलबार दिउँसो २:२० बजेको समयमा कोगटे खोलामा पौडी खेल्न हगंजबेगु आफ्नै ८ जना साथीहरुसंग घुम्न आई पौडी खेल्ने क्रममा पानीमा डुबी
मृत्यु भएको हो।

प्रहरी पुग्नु भन्दा पहिले नै साथीहरुले पानीबाट निकाली सकेको अवस्थामा प्रहरीको सहयोगमा स्थानिय स्वास्थ्य चौकी सिस्नेरीमा लगिएको थियो।

उपचारको क्रममा ९ बजे मृत्यु भएको हो।
आफन्तको जिम्मामा प्रहरीको साथ लगाई पोष्टमाटमको लागी टिचिङ अस्पताल काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan