Search
Close this search box.

बागमती प्रदेश प्रमुख देवकाेटाले दिए गणतन्त्र दिवसको शुभकामना

हेटाैँडा- गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना वक्तव्य जारी गर्दै
ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।

गणतन्त्र ल्याउन आफ्नो प्राणको आहुती दिने शहीदहरूप्रति प्रदेश प्रमुख देवकोटाले श्रद्धाञ्जली अर्पण  गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धी भएकाे भन्दै उनले नेपाली जनताको लामो संघर्ष,  बलिदान र अथक प्रयासस्वरुप याे प्राप्त भएकाे उल्लेख गरेका छन् ।

जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न  बनाउँदै सबैलाई  राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित  गरेको उनकाे भनाइ छ ।

देशमा सबै खाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनैतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै गणतन्त्र, राष्ट्रियता र जनजिविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रबाह गर्न जरुरी रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

“संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरि समृद्ध देश निर्माणका दिशामा सबै लाग्नु पर्दछ । अभ्यासमा कहिँ कतै कमजोरी भए होलान् तर विकल्प व्यवस्था  परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्दछ । हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा उर्जाशील समय खर्चिन  बाध्य भयो तर आजको युवपुस्तालाई आन्दोलन होइन विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नुपर्दछ” उनले सन्देशमा भनेका छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan