Search
Close this search box.

कैलाशमा गृहिणीले पाए सिलाई कटाई तालिम

कैलाश- मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्ताका गृहिणी महिलालाई स्वराेजगारसँग जाेड्ने उद्धेश्यले सिलाईकटाई तालिम प्रदान गरिएकाे छ ।
१४ जना महिलालाई प्रलान गरिएकाे एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको हाे ।

वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । बैशाख १६ गतेबाट तालिम सञ्चालन गरिएकने थियाे ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले  तालिम लिएपछि कामलाई निरन्तरता दिई आम्दानी गर्न सुझाव दिए । उनले ज्ञान र सीप प्रयोगमा आएन भने बिर्सँदै जाने भएकाले कामलाई निरन्तरता दिनेतर्फ ध्यान दिन आग्रह गरे ।  कपडा किनेर सिलाउनको लागि मनहरी सम्म जानुपर्ने बाध्यता हट्नुका साथै गाउँमै राेजगारी सिर्जना हुने मुक्तानले विश्वास व्यक्त गरे । ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक र सामाजिक स्तर बढाउनु आफुहरुकाे उद्धेश्य रहेकाे उनले बताए ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सीपलाई सदुपयोग गर्दै आम्दानी गर्न सुझाव दिए ।  एक महिने तालिम पश्चात सहभागीहरुलाई तीन दिने उद्यमशीलता तालिम प्रदान गरिएको थियो । गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तरगत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा ८ का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ, उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साह लगायतको आतिथ्यता रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan