Search
Close this search box.

सुनको मूल्य घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan