हेटौंडा । १ सय ६० ट्याब्लेट लागूऔषध ट्रमाडोलसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।हेटौंडा -५ सानोपोखराचोकस्थित सडकबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बागमती गाउँपालिका- १ घर भई हाल हेटौंडा – ५ बस्ने वर्ष २४ को आशिष अधिकारी र हेटौंडा -२ बस्ने बर्ष २९ को विज्ञान डिम्डुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो साढे एक बजेको समयमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा बसीरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा १ सय ६० ट्याब्लेट लागूऔषध ट्रमाडोल फेला परेको हो।
उक्त लागुऔषध बरामद गरी अधिकारी र डिम्डुङलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ।
केही प्रतिक्रिया छ कि ?

