हेटाैँडा- हेटाैँडाकाे राप्तीराेडका एक कपडा व्यवसायीमाथि आक्रमण भएकाे छ । माेटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुकाे आक्रमणमा परी दास इम्पाेरियमका सञ्चालक ६५ वर्षीय बिन्दल दास घाइते भएका हुन् ।
आज दिउँसाे ३ बजेकाे समयमा उक्त घटना भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।कपडा किन्ने समयमा मूल्य घटाउने बिषयमा सामान्य विबाद हुदाँ अपरिचित ब्यक्तिहरुले काठको बेलनाले प्रहार गर्दा दासको टाउको पछाडि भागमा चोट लागेकाे जनाइएकाे छ । घाइते दासकाे हेटौँडा अस्पतालमा उपचार भइरहेकाे छ । कुटपिट गर्नेकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
केही प्रतिक्रिया छ कि ?

