Search
Close this search box.

सुनकाे तिलहरी चाेर्ने ३ जना पक्राउ

हेटाैँडा- हेटाैँडा-१८ रामधुनी चोककाे एक घरबाट सुनकाे तिलहरी चाेरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ । रामधुनीकी ३० वर्षीया उषा परियारको घरबाट सुनको तिलहरी चोरी गरेकाे आराेपमा हेटाैँडा-१८ का बर्ष २४ को उपेन्द्र बहादुर विश्वकर्मा, बर्ष ३० को संजिव गोतामे र हेटाैँडा-४ का बर्ष २५ को सन्त बहादुर बराईलीलाई चाेरीकाे गहनासहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । 

उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan