Search
Close this search box.

मकवानपुरबाट भरुवा बन्दुकसहित लामा पक्राउ

हेटौंडा । प्रहरीले अवैध भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका- ५ बस्ने वर्ष ६० को साङ दोर्जे लामाको घरकोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बिहिवार राती ९ :५५ को समयमा सूचनाको आधारमा लामाको घरकोठामा खानतलासी गर्दा अवैध भरुवा बन्दुक (हतियार) १ थान फेला परेको हो।

उक्त भरुवा बन्दुक बरामद लामालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan