बागमती प्रदेश सरकारले सेवाग्राहीको हितलाई ध्यान दिँदै नयाँ यातायात व्यवस्था कार्यालय विस्तार गर्ने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको क्रममा उक्त कुरा बताएका हुन् ।
यातायात कार्यालयहरुका सबै सेवाहरु डिजिटल प्रविधिमा रुपान्तरण गरिने घोषणा गरिएको छ । सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न अनलाइन प्रणालीलाई कार्यान्वयन गरिने वक्तव्यमा उल्लेख छ । सवारी चालक अनुमतिपत्र, सवारी दर्ता र प्रदूषण प्रमाणपत्रलाई एकीकृत गरी क्युआर कोडमार्फत नियमन र प्रमाणीकरण गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
यी कार्यका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ । यातायात कार्यालयका भवनलाई प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाइने घोषणा पनि गरिएको छ । हाल प्रदेशसभामा बजेट भाषण जारी छ ।
केही प्रतिक्रिया छ कि ?

