हेटौँडा–बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित हेटौँडा अस्पतालको लागि आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३५ करोड रुपैयाँ विनियोजन गरेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी र एमबिबिएस र थप विधामा अध्ययन अध्यापन गरिने व्यवस्था मिलाइने आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट वक्तव्यमार्फत बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट क्याथल्याब सहितको मुटु तथा रक्तनली रोगको उपचार गरिनुका साथै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १२ वटा प्रादेशिक अस्पतालमा मृगौला रोगको डायलासिस गर्ने व्यवस्था गर्ने मन्त्री काफ्लेले बजेट वक्तव्यमा बताए । हेमोफिलियाका विरामीलाई प्रादेशिक अस्पतालबाट निशुल्क उपचारका साथै एन्टी हेमोफेलिक फ्ल्याक्टर निशुल्क उपलब्ध गराइने पनि जनाइएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमार्फत कार्यान्वयन गर्नेगरी लागि ३ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ ।

