Search
Close this search box.

राक्सिराङबाट लागुऔषध र हातहतियारसहित एकजना पक्राउ


हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका – १ बाट लागूऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा राक्सिराङ गाउँ पालिका-१ स्थित राजु स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार शनिबार स्याङतानको घरमा लागुऔषध तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठा भित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा ७.६५ MM Universal made in Italy 025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली (राउण्ड) १३ थान र गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र ८ mm लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र लगाँजा २२ किलो ८०० ग्राम फेला परेको हो।

उक्त लागुऔषध तथा हातहतियार बरामद स्याङ्तानलाई नियन्त्रणमा लिई लागूऔषध तथा हतहतियार खरखजना समेतको कसुर मुद्धामा कारबाही भईरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan