Search
Close this search box.

लागुऔषध खैरो हेरोईनसहित दुईजना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले ७ सय ७० मिलि ग्राम लागूऔषध खैरो हेरोईन सहित दुईजनालाई पक्राउ गरेको छ। हेटौंडा -४ फरेष्टी गेट अगाडी शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा हेटौंडा – ४ कमलडांडा बस्ने वर्ष ४२ को अनुप कुमार रुम्बा र वर्ष ३३ को मणी लामा रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार फरेष्टी गेट अगाडी शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा निजहरुको साथबाट ७ सय ७० मिलि ग्राम लागुऔषध खैरो हेरोईन फेला परेको हो।

उक्त लागुऔषधसहित रुम्बा र लामालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan