हेटौंडा- मकवानपुरको थाहानगरमा छिमेकी देवर साइनाे पर्ने एक व्यक्तिले भाउजूकाे हत्या गरेका छन् ।
बिहीबार दिउँसाे थाहानगरपालिका १ कुन्छालमा ५० वर्षीया तुलमाया गाेपालीकाे हत्या भएकाे खुकुरी प्रहार गरि हत्या गरिएकाे हाे ।
तुलमायाको देवर नाता पर्ने छिमेकी अन्दाजी ३५ वर्षीय जीवन गोपालले हत्या गरेको प्रहरीले जनाएको छ ।
जीवनले तुलमयाकाे टाउको र शरीर छुट्याएर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनापछि जीवनलाई थाहा ३ थानाबजारबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
केही प्रतिक्रिया छ कि ?

