हेटाैँडा- मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारीले फाेटाे र भिडियाे छांयाकनमा रोक लगाएको विषयप्रति मकवानपुरका सञ्चार सम्बद्ध संघसंस्थाले विराेध जनाएका छन् ।
पत्रकारहरुकाे छाता संस्था नेपाल पत्रकार महासंघ मकवानपुरलगायतका संघसंस्थाले विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारीकाे कदम प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विराेधी भएकाे भन्दै आपत्ति जनाएका हुन् ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल र मनिल महतो सहितका सञ्चारकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारीले कार्यकक्षमा प्रबेश नदिई ज्ञापन पत्र बुझाउँदाकाे फाेटाे खिच्न भिडियाे छायाङ्कन गर्न रोक लगाएकी थिइन् । ‘सार्वजनिक स्थलमा हुने सार्वजनिक चासोको विषयमा सञ्चारमाध्यमको उपस्थिति रहनु स्वभाविक हुने भएकाले सार्वजनिक पद धारण गरेका अधिकारीहरुबाट प्रेस जगतलाई संकचुन हुने ब्यवहार लोकतान्त्रिक मुल्यमान्यता विपरित रहेको महासंघको निष्कर्ष छ ।’ महासंघ मकवानपुरका सचिव केशव सुवेदी समर्पणले विज्ञप्तिमार्फत भनेका छन् ।
नेपालको संबिधान २०७२ को प्रस्ताबनामा उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गर्दै समाचार संकलन गर्ने कार्यमा अवरोध सृजना नगर्न सरोकारवाला सम्पूर्ण निकायलाई महासंघले अनुराेध गरेकाे छ । साथै प्रमुख जिल्ला अधिकारीलाई आत्मालाेचना गरी आगामी दिनमा प्रेस विराेधी गतिविधि नगर्न महमसंघले ध्यानाकर्षणसमेत गराएकाे छ । प्रेस युनियन मकवानपुर, प्रेस सेन्टर नेपाल मकवानपुरलगायतका पत्रकारसम्बद्ध संघ संगठनले पनि विज्ञप्तिमार्फत घटनाकाे विराेध गरका छन् ।

