Search
Close this search box.

आय आर्जनका लागि महिला लक्षित अचार बनाउने तालिम


हेटौंडा। आय आर्जनका लागि महिला लक्षित पाँच दिने अचार बनाउने तालिमको आइतबार समापन भएको छ। हेटौंडा-११ स्थित सामुदायिक प्रहरी कार्यालय थानाभर्याङमा असार ४ देखि ८ गतेसम्म भएको पाँच दिने अचार बनाउने तालिमको आज आइतबार समापन भएको हो।
सामुदायिक विकास संस्था नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम भएको थियो ।

सामुदायिक विकास संस्था नेपालको कार्यकारी निर्देशक रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकि मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो।

७ थरी अचार बनाउने तालिमको प्रशिक्षक ज्ञानु अर्यालले ३८ जनालाई प्रशिक्षण दिएकी थिइन् ।

समापन कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, टोल विकास तथा वडा समन्वय समिती अध्यक्ष यज्ञ बहादुर आचार्य,सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा -११ निमा भण्डारीलगायतको आतिथ्यता थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan