Search
Close this search box.

कैलाश गाउँपालिकाको बजेट ५३ करोड ८६ लाख

कैलाश- मकवानपुरकाे कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ कराेड ८६ लाख रुपैयाँकाे बजेट विनियाेजन गरेकाे छ । मंगलबार भएकाे गाउँसभाकाे १६ ओैँ अधिवेशनकाबीच उपाध्यक्ष बालकुमार मल्लले कुल ५३ कराेड ८६ लाख २० हजार रुपैयाँकाे अनुमानित आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाले आगामी आवका लागि चालुतर्फ ३२ करोड ८२  लाख ३ हजार १००  र पूँजीगत तर्फ २१  करोड ४ लाख १७  हजार  रुपैयाँ विनियाेजन गरिएकाे छ ।

गाउँपालिकाले सामाजिक क्षेत्रतर्फ ३ कराेड ७९ लाख ५१ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ । पूर्वाधार विकासकाे क्षेत्रमा १० कराेड ११ लाख र आर्थिक विकासतर्फ १ कराेड ६२ लाख रुपैयाँ छुट्याइएकाे छ ।वातावरण तथा विपद् व्यवस्थापनमा ४३ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनकाे लागि ७८ लाख ६१ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ ।

खर्च बेहाेर्ने स्राेतमध्ये आन्तरिक आयतर्फ २ कराेड ३७ लाख रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानतर्फ ९ कराेड ८३ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । त्यस्तै सशर्त अनुदानबापत १९ कराेड ३४ लाख, राजस्व बाँडफाँटबाट ९ कराेड ६७ लाख विशेष अनुदानबापत ७५ लाख, समपुरक अनुदान २ कराेड ५८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ९० लाख ५२ हजार, सशर्त अनुदानतर्फ १३ कराेड ४४ लाख, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ कराेड ६६ लाख र सवारी साधन राजस्व बाँडफाँटबाट ३ कराेड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकाे छ ।

उपाध्यक्ष मल्लले गाउँसभामा पेश गरेकाे बजेट तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएकाे छ । त्यस्तै अध्यक्ष लाेकबहादुर मुक्तानले गाउँसभामा पेश गरेकाे नीति तथा कार्यक्रम पनि सर्वसम्मत रुपमा पारित गरिएकाे छ । गाउँसभाकै बीचमा गाउँपालिकाका लेखा समिति संयाेजक सूर्यबहादुर ब्लाेनले पेश गरेकाे लेखा समितिकाे निर्णय पनि सर्वसम्मतले अनुमाेदन गरेकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan