Search
Close this search box.

दिवसको अवसरमा हेटौंडामा सुधारगृहका बालकहरुबीच अन्तरक्रिया

हेटौंडा । विभिन्न अपराधका घटनामा दोषी ठहर भएका र पुर्पक्षमा रहेका बालकलाई राख्ने गरिएको हेटौंडा–११ थानाभर्याङस्थित बाल सुधारगृहका बालकहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ मकवानपुर र सिआन पुनर्स्थापना केन्द्रको आयोजना तथा भिप हेल्थ केयर मोमेन्टम ग्राण्ड र रिकभरिङ नेपालको सहकार्यमा अन्तर्किया कार्यक्रम भएको हो।

गैरसरकारी संस्था महासंघ मकवानपुर जिल्ला अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा
प्रदेश सभा सदस्य ज्ञानु जङ लामाको प्रमुख आतिथ्यता थियो।

अन्तरक्रियाको क्रममा प्रदेश सभा सदस्य लामालाई सुधारगृहमा रहेका बालकले बालसुधारगृह थप्नेकी सानैमा कानुनी शिक्षा दिने भन्ने प्रश्न गरेका थिए।
`सानै कक्षामा कानुनी शिक्षा पाएको भए हामी आज यहाँ हुँदैन थियौं´ भन्दै उनीहरुले गुनासो गरेका थिए।

प्रदेश सभा सदस्य लामाले नेपालभर बालगृहमा दुई हजार ३ सय बालक रहेको स्मरण गर्दै बाल सुधार गृहको स्तरउन्नतिको लागि आफुले सकेको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा गैरसरकारी संस्था बागमती प्रदेश अध्यक्ष कमल कुमार विश्वकर्मा,सिआन पुनर्स्थापना केन्द्र संचालक सौजन डिसि,बालगृह कार्यालय प्रमुख प्रदिप गौतम,
इन्सपेक्टर ठाकुर प्रसाद सापकोटा ,सिआन पुनर्स्थापना केन्द्र मकवानपुर संचालक तान्या अग्रवाल,सिआन पुनर्स्थापना केन्द्र कोषाध्यक्ष मना डिसिलगायतको उपस्थिति थियो।

दिवसको अवसरमा संस्थाले बिहान प्रभातफेरी गर्दै सुरु गरेको कार्यक्रम बेलुका दिप प्रज्वलन गरेर अन्त्य गरेको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan