मकवानपुर। भिमफेदीमा भएको ४५ दिने एण्डभान्स सिलाइ कटाइ तालिम समापन भएको छ। भिमफेदी गाउँपालिका-१ मा महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपालको आयोजना तथा भिमफेदी गाउँपालिकाको सहयोगमा ४५ दिने एण्डभान्स सिलाइ कटाइ तालिम भएको हो ।
महिला सशक्तीकरण तथा गरिबी निवारण समूहको कार्यकारी निर्देशक इन्दिरा न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा भिमफेदी गाउँपालिका प्रशासन प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता थियो।
४५ दिन सम्म भएको सिलाइ कटाइ तालिममा पालिका
१ नम्बर वडाका ११ जना महिलालाई प्रशिक्षक विनिता बर्तौलाले प्रशिक्षण दिएकी थिइन् ।
सहभागीले आत्मनिर्भर भन्न सिलाइ तालिमले सहयोग मिलेको भन्दै अजही थप सिक्न पाए आत्मनिर्भर बन्न अझि सहयोग मिल्ने अपेक्षा राखेका थिए।
प्रमुख अतिथी अधिकारीले सीप सिक्नुनै ठुलो कुरा रहेको बताउँदै सिलाइलाई निरन्तरता दिन सहभागीलाई अनुरोध गरेका थिए। उनले व्यवसायिक रुपमा देख्न पाउने अपेक्षा रहेको बताएका थिए।
कार्यक्रममा जिल्ला समन्वय सदस्य सुमित्रा थिङ, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बिमला बर्तौला, प्रशिक्षक विनिता बर्तौला,समाजसेवी देवकी गौतमलगायतको उपस्थिति थियो।

