हेटाैँडा- शुक्रबार साँझ मकवानपुरकाे राक्सिराङ ८ मैसिराङमा चट्याङ लागि एक बालिकाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ७ वर्षीया बालिका युनिका प्रजा रहेकी छन् ।उनकी आमा २६ वर्षीया रविना प्रजा घाइते भएकी छन् ।
आफ्नै घरमा बसिरहेको अवस्थामा पानि सँगै आएको चट्याङ लागि रविना र उनकी छाेरी युनिका घाइते भएका थिए ।
युनिकाकाे शरीरको विभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि मनहरी अस्पताल तर्फ ल्याएकोमा राति मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घाइते रविना हेटौँडा अस्पतालमा उपचार भइरहेकाे छ ।
केही प्रतिक्रिया छ कि ?

