हेटाैँडा- पूर्वपश्चिम राजमार्गस्थित हेटाैँडा-१९ सान्नानटार सडक छेउमा गए राती घाइते अवस्थामा उद्धार गरि अस्पताल ल्याइएका एक जना पुरुषकाे मृत्यु भएकाे छ ।
गए राती साढे २ बजेकाे समयमा गस्तीमा खटिएकाे प्रहरीले अन्दाजी ४० वर्षीय पुरुषलाई टाउकाेमा चाेट लागि गम्भीर अवस्थामा फेला पारेका थिए । उनलाई उपचारकाे लागि हेटाैँडा अस्पतालमा ल्याइएकाेमा डाक्टरले मृत घाेषणा गरेका थिए । मृतककाे पहिचान खुलेकाे छैन । सडक छेउमा घाइते अवस्थामा फेला परेकाले ती पुरुषलाई सवारीले ठक्कर दिएकाे आशंका गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।
केही प्रतिक्रिया छ कि ?

