Search
Close this search box.

बेतिनीमा  खुर्पा प्रहार गरी एक जनाकाे हत्या

हेटाैँडा- मकवानपुरकाे बागमती गाउँपालिका ९ बेतिनीमा खुर्पा प्रहारबाट एकजनाकाे हत्या भएकाे छ ।

बेतिनी स्वास्थ्यचाैकीमा कार्यरत कार्यालय सहयाेगीले खुर्पा प्रहार गरी साेही ठाउँका ५७ वर्षीय रामबहादुर वाइबाकाे हत्या गरेका हुन् । आज बिहान बिहान ५ बजेकाे समयमा स्वास्थ्यचाैकीका कार्यालय सहयाेगी
बारा निजगढ नगरपालिका ३ सिंगोलका ३५ वर्षीय कुमार थापाले  धारिलो हतियार खुर्पाले प्रहार गरी वाइबालाई गम्भीर घाइते बनाएका थिए ।

खुर्पा प्रहार गर्ने व्यक्तिले नजिक कोही आए मार्छु भनी सोही स्थानमा बसेको भन्ने जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी पुगी उनलाई नियन्त्रणमा लिएकाे थियाे । घाइतेकाे घाँटीमा गम्भीर चाेट रहेकाेमा उपचार गर्न बेतिनी स्वास्थ्य चाैकीमा ल्याइएकाेमा स्वास्थ्यकर्मीले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । घटनास्लथलमा प्रहरी निरीक्षक पावल सिंह लामाको टोली पुगी  थप अनुसन्धान  भइरहेकाे जनाइएकाे छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan