Search
Close this search box.

पत्केरी फाँटमा उद्योग वाणिज्य संघले मनायो धान दिवस

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौँडा–१७ स्थित पत्केरी फाँटमा रोपाईँ कार्यक्रम गरी धान दिवस मनाएको छ । पत्केरी फाँटमा कृषक खुशप्रसाद सुवेदीको खेतमा धान रोपेर धान दिवस मनाइएको हो ।

संघका अध्यक्ष प्रमोद सिँह रानाभाटको अध्यक्षता तथा बामगती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संघका पूर्वअध्यक्ष केशव श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दिपक उप्रेती, संघका राजश्व सल्लाहकार प्रदिप अर्याल, सचिव कुल प्रसाद चौलागाई, कृषि प्रवद्र्धन समिति संयोजक तथा कार्यसमिति सदस्य निलम कुमारी पाण्डे, कासस कृष्ण हुमागाई र महिला उद्यमी विकास समितिका पूर्व कावा सभापति देवकुमारी ढकालको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सभा सांसद कुमारी मोक्तानले धान दिवस कार्यक्रम सान्दर्भिक रहेकाले कार्यक्रमको उद्देश्य पूरा होस् भन्ने शुभकामना व्यक्त गरिन् । कृषि पेशालाई प्रोत्साहन तथा संरक्षण गर्नुपर्ने र कृषि नीतिलाई आधुनिकीकरण गर्नुपर्ने धारणा मोक्तानको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले मउवासंघ अन्तर्गत रहेको विभिन्न समितिहरु मध्ये कृषि प्रवद्र्धन समिति रहेको र यस समितिले सक्रियताका साथ काम गरिरहेको बताए । कृषि प्रवद्र्धन समितिका संयोजक निलम कुमारी पाण्डेले कृषि सम्बन्धी विभिन्न कार्यक्रमहरु गरिरहेको, पालिकाका अध्यक्ष तथा उपाध्यक्षहरु समक्ष स्थानीय कृषकहरुको लागि कृषिमा पर्याप्त बजेट विनियोजन गर्न अनुरोध गर्दै आएको बताइन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan