Search
Close this search box.

ज्याकेटिङको प्रतीक्षामा राप्ति पुल


हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने राप्ति खोला पुल उच्च जोखिममा छ । लामो समयदेखि जोखिममा रहेको पुल पुनर्निर्माणमा ढिलाइ गरिरहेको अवस्था छ ।
राप्तीमा बाढी आयो र भेलले हान्यो भने भत्किने जोखिम उत्तिकै छ । पुल जोखिममा रहेको भने लामो समयदेखि चर्चामा आइरहेको छ । सडक डिभिजन कार्यालयका सूचना अधिकारी यादब सुबेदीले पुलको जोखिमबारे छलफल भइरहेको बताउँदै बर्खा सकिएपछि मर्मत गरिने बताए । बाहिर फर्मा राखेर ज्याकेटिङ गरिने र ज्याकेटिङ गरिसकेपछि जोखिम नहुने उनले बताए । कार्यालयले सडक विभागमा विज्ञसँग पुलको जोखिमबारे जानकारी लिइसकेको बताउँदै समयमै मर्मत गर सडक डिभिजन लागिपरेको उनको दाबी छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan