Search
Close this search box.

लागुऔषध गाँजासहितपक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले १ सय ६८ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाश गाउँपालिका- ९ ठुलोवारी बस्ने वर्ष ५५ को अर्जुन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बुधबार ३:३० बजेको समयमा लागूऔषध गाँजा लुकाई छिपाई गरी राखेको छ भन्ने सूचनाको आधारमा रुम्बालाई निजकै घर अगाडी बसिरहेको अवस्थामा फेला पारी शरीर तथा गोठ समेतको खानतलासी गर्ने क्रममा गोठ भित्र घाँस र स्याउलाले छोपी लुकाई छिपाई राखेको अवस्थामा १६८ किलो ३० ग्राम लागूऔषध गाँजा फेला परेको हो
उक्त लागुऔषध बरामद गरी अर्जुन रुम्बालाई नियन्त्रणमा लिई लागुऔषध गाँजा मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan